क. देशका बिभिन्न स्थानमा स्थायी वा अस्थायी रुपले बसोवास गर्दै आएका सम्पूर्ण कुइभीरबासीहरुलाई एउटै साझा थलोमा आवद्ध गरार्ई आपसी समन्वय, सदभाव र सम्पर्क विस्तार गरि सामूहिक एकताको माध्यमद्धारा उक्त क्षेत्रको समग्र विकासमा सहयोग पुर्याउर्दै सम्पुर्ण कुइभीर वासिहरुलाई सामाजिक क्षेत्र तर्फ उन्मूख गराउने ।
ख. सम्पूर्ण कुइभीरबासीहरुको हक हित तथा सामुदायिक बिकासको लागि एकिकृत कार्यक्रमहरुको माध्यमवाट स्थानिय सहभागिता र साझेदारी जुटाई उक्त क्षेत्रको विकासमा सहयोग पुर्ययाउने ।
ग. विभिन्न ब्यक्ति, संघ, संस्थाहरुवाट प्राप्त स्वेच्छिक सहयोग रकमद्धारा दैवि प्रकोप वा विभिध घटनावाट पिडित सम्पूर्ण कुइभीरवासीहरुलाई सहयोग उपलव्ध गराउने ।
ध. उचित शिक्षाको अभावले पछिपरेका गरिव असक्त तथा जेहेन्दार विद्यार्थीहरुलाई उचित श्रोत जुटाई आवस्यक छात्रावृत्ति तथा पुरस्कारको व्यवस्था गर्नुका साथै गरिविको रेखामुनी रहेका विभिन्न जातजाति, आदिवसी, असहाय, महिला, वृद्ध बालवालिका तथा दलित वर्गको समग्र विकासकोलागि उपउक्त कार्यक्रमहरु संचालन गरी समतामूलक समाजको निर्माण गर्नकालागि सवै बर्ग र समुदायमा आवश्यक जनचेतना फैलाउने ।
ङ. देशका विभिन्न स्थानहरुमा वसोवास गरेका विभिन्न जाति, वर्ग र समुदायको ऐतिहासिक, सास्कृतिक तथा धार्मिक रितिरिवाजको प्रचार प्रसार संरक्षण तथा सम्वद्र्धन गराउनुका साथै सामाजिक विकास सम्वन्धि इतिहासको अध्यान अनुसन्धान गरी विभिन्न भाष धर्म, लिपि साहित्य एवं संस्कृतीक महत्वको विषयमा विभिन्न वौदिक वहस तथा अन्तत्र्रिmया कार्यक्रमको माध्यमद्धारा समाजको स्वास्थ्य विकासमा योगदान पुर्याउने ।
च. चेलिवेटि वेचविखन, लागु औषध दुव्र्यसन, लैगिक विभेद, जातिय विभेद, बालविवाह, जुवा तास, अश्लिलता प्रदशन जस्ता अपराधिक तथा असामाजिक गतिविधिहरुको अन्त्यका लागि विभिन्न सभा गोष्ठी, अन्र्तक्रिया तथा सञ्चार माध्यमद्धारा आवस्यक जनचेतना फैलाउदै समुन्नत, सक्षम, सुदृढ सभ्य समाज निर्माणमा सहयोग पुर्यउने ।
छ. विभिन्न जनजातिय संघ संस्था, स्वदेशी एंव विदशी , सरकारी एंव गैर सरकारी संघ सस्थाहरुसंग सुमधुर सम्वन्ध राखि सद्भावपूर्ण सम्वन्ध राखी अन्य विकास मूलक कार्यहरुमा सहभागि हुने ।