अध्यक्षको भनाई

  1. बिकट ओखलढुङ्गा जिल्लाको सुदुर पूर्वमा अबस्थित चिसंखुगढी गाउँ पालिका अन्तर्गत रहेको साबिकको कुईभीर गा.बि.स.मा जन्मेर काठमाडौं लगायत देश बिदेशमा बिभिन्न पेशा ब्यबसाय गरि छरिएर रहेका कुईभीरबासीहरूलाई समेटेर सम्पूर्ण कुईभीरबासीहरूको हक हित तथा आफ्नो जन्मभूमीको बिकासमा थोरै भए पनि सहयोग पुराउन सकियोस भन्ने पबित्र उद्देश्यले स्थापना भएको नितान्तै परोपकारी संस्था हो कुईभीर सेवा समाज ।२०६२ सालमा स्थापना भई अनवरत् सन्चालन हुदै आएको यस सेवा समाजले बिभिन्न सामाजिक तथा परोपकारी कार्यहरू मार्फत आफ्नो उद्देश्य प्राप्तिकालागि काम गर्दै आएको छ । स्थापनाको यस अबधि भित्रमा रू. ५ लाखको बिरबहादुर तथा मिना अधिकारी सामाजिक अक्षयकोष त्यसै गरि रू. ५ लाखको स्व. भिमबहादुर तथा मनमायाँ अधिकारी सामाजिक अक्षयकोष र रू ७ लाखको स्व. बिध्या राई स्मृति अक्षयकोष नामक अक्षयकोष प्राप्त गर्न सफल भई अपार जनबिश्वास प्राप्त गर्न सफल समेत भएको छ । संस्थामा प्राप्त भएको सदस्यता शुल्कलाई पूजिगत आम्दानी मानेर सदस्यता बापत प्राप्त रकमलाई खर्च गर्न नपाउने नीतिगत ब्यवस्था गरी सदस्यता शुल्क समेत अक्षयकोषमा परिणत हुने ब्वस्थाले संस्थाको स्तर बृद्दिमा दिनानुदिन सहयोग पुग्दै आएको छ । यसका अतिरिक्त आगामी १० बर्ष भित्रमा रू. १ करोडको संस्थागत कल्याणकारी कोष निर्माण गर्ने लक्ष्यकासाथ अगाडी बढी रहेको छ । संस्थाका लब्दप्रतिस्ठित एबं बौद्धिक ब्यक्तित्वहरूको मायाममता र साथ सहयोगले संस्थाले अबस्य पनि आफ्नो लक्ष्य पुरा गरेरै छोड्नेमा कुनै दुईमत छैन । यसकालागि कैयो दानबीर दाताहरूले बिभिन्न संघ संस्था, स्वदेशी तथा बिदेशमा रहनु भएका सहयोगीदाताहरूको साथ सहयोग र सद्भाबका कारण संस्थालाई एक गतिसिल संस्थाको रूपमा बिकसित गराउन बर्तमान कार्यसमिति अनवरत लागि पर्दै आएकोछ । यस पबित्र कार्यमा सहभागि हुनु हुने संस्थाका सबै सदस्य महानुभावहरू संस्थाका शुभेच्छुक शुभचिन्तकहरू संस्थाका संरक्षक, सल्लाहाकार लगायत देश बिदेशमा रहनु भएका संस्थाका महानदाताहरूको साथ सहयोग प्राप्त हुदा संस्था संचालनमा सहज बाताबरण बिकास हुदै गएको छ । यस पबित्र कार्यमा सहभागि हुनु हुने सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै यस महान अभियानमा सहभागि हुनकालागि सम्पूर्ण कुईभीरबासी दाजुभाई दिदिबैनी तथा बिभिन्न पेसा ब्यबसाय तथा संघ संस्थामा आबद्द हुनु भएका लब्धप्रतिष्ठित सामाजिक ब्यक्तित्वहरू मा हार्दिक अनुरोध गर्दछु । साथै संस्थालाई सहयोग पुराउने अक्षयकोष दाता संस्थागत कल्याणकारी कोष प्रदान गर्नु हुने सम्पूर्ण दाताहरूमा हार्दिक आभार ब्यक्त गर्दछु । साथै बिभिन्न तबरले सहयोग गर्नु हुने सबै सहयोगि दाता तथा संस्थाका सदस्य सबै प्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।
  2. गजेन्द्र फुयाँल
  3. अध्यक्ष
Translate »
Kuibhir Sewa Samaj