सचिवको प्रतिवेदन

शान्ति, सहयोग, सद्भाव र आपसी मेलमिलापमा हाम्रो सहकार्यता ।
सामाजिक परिवर्तन, समुन्नत समज निर्माणमा हाम्रो प्रतिवद्धता ।।

कुईभीर सेवा समाज (ओखलढुंगा)को ११/१२ औ वार्षिक साधारण सभा सचिव तेज प्रसाद निरौलाद्वारा प्रस्तुत संस्थाको कार्यप्रगति विवरण
२०७३/२०७४
सभाका अध्यक्षज्यू,
समाजका संरक्षकज्यू, सल्लाहाकारज्यूहरु,
अतिथिहरु, समाजका सदस्यज्यू, बिशिष्ठ सदस्यज्यू, आजीवन सदस्यज्यूहरु,
लगायत उपस्थित सम्पुर्ण शुभेच्छुक महानुभावहरु ।

यस कईभीर सेवा समाजको एघारौ बार्षिक साधारणसभामा उपस्थित भई शोभा बढाईदिनुहुने संस्थामा आवद्ध सम्पूर्ण सदस्य महानुभावहरु तथा आमन्त्रणलाई स्वीकार गरी कार्यक्रममा उपस्थित अन्य संघ संस्थावाट पाल्नुहुने महानुभावहरुमा कार्यसमिति तथा मेरो व्याक्तिगत तर्फवाट हार्दिक स्वागत तथा अभिवादन व्याक्त गर्दछु । समाजको कार्यसमितिको तर्फवाट आ.व. २०७३÷२०७४ को बार्षिक कार्य प्रगति बिवरण यहाँहरु माझ  प्रस्तुत गर्न पाउँदा म आफैलाई गौरवान्वित महशुस गदै कार्यसमिति तथा कुईभीर सेवा समाजले वर्षभरी गरेका मुख्य मुख्य विवरण पेश गरेको छु जो निम्नानुसार छ, 

समाजको सदस्य संख्या
१ संंस्थामा आवद्ध समाजका सम्मको कुल सदस्य संख्या १३१, मध्ये बिशिष्ठ सदस्य १६ जना, आजीवन सदस्य ११५, जना रहेको जानकारी गराउँदछु ।
२. मिति २०७३ साल श्रावण २२ गतेका दिन यस कुईभीर सेवा समाजको कार्य समितिको निर्णयले कुईभीर गा.वि.स. वडा नं.५ निवासि गिता वि.क को १० महिनाको नावालक छोरा कान्ति वाल अस्पतालमा निधन भएकोले संस्थाको तर्फवाट रु १५००।– प्रदान गरिएको जानकारी गराउन चाहन्छु ।
३. मिति २०७३ साल भाद्र २५ गतेको निर्णयले वडा दशै २०७३को शुभकामना कार्यक्रम २०७३ आश्विन १५ गते गर्ने निणय ग¥यो साथै १५ गते खाल्यूम रेष्टुरेन्टमा सम्पन्न गरियो, माननिय हर्कवोल राईज्यूको अतिथ्यमा खाल्यूम रेष्टुरेन्टका सञ्चालक माहात्मा राईलाई कार्यसमिति तथा कुईभीर सेवा समाजको तर्फवाट धेरै धेर धन्यवाद प्रदान गरिएको जानकारी गराउन चाहन्छु ।
४. मिति २०७३ साल आश्विन १४ गतेका दिन २०७२ सालको एस. एल. सि उत्कृष्ट पुरस्कार वितरण संस्थाको मातहतमा सञ्चालित वीर वहादुर मिना अधिकारी अक्षयकोषको तर्फवाट निम्नानुसार पुरस्कार रकम प्रदान गरिएको जानकारी गराउन चाहन्छु ।
उत्कृष्ट पुरस्कार निजि विद्यालय तर्फवाट
१. सूश्री मनिसा कोईराला (रेन्वो ईङ्गलिस स्कुल गाम्चा भक्तपुर) रु. ५०००
सामुदायिक विद्यालय तर्फवाट
१. श्री विक्रम अधिकारी (श्री पञ्चोदय मा.वि धनगढि) रु. ५०००
२. श्री निसम राई (कुईभीर उ.मा.वि.) रु. ४०००
३. श्री रोजिना वाँस्तोला रु. (कुईभीर उ.मा.वि ) रु. २०००
४. श्री मेलिना राई (केदार उ.मा.वि नेचा वेतधारी ) रु. २०००
५. मिति २०७३ साल आश्विन १४ गते शिद्धिचरण न.पा. वडा नं. ४ स्थाई ठेगाना भई कपन काठमाण्डौ सरस्वती नगर वस्नेवर्ष ४५ का का कुमार राईलाई नसा सम्वन्धि समस्याले उपचारार्थ रहेकोमा संस्थामा आवद्ध
निम्न सहयोगि हातहरुवाट सहयोग रकम प्रदान गरिएको जानकारी गराउन चाहन्छु ।
१. श्री दिपक राई सुकेधारा काठमाण्डौ नगद रु. १००० ।–
२. श्री रमेश राई कुईभीर ३, साउने पानी नगद रु. १०००।–
३. श्री वलवहादुर राई कालोपुल काठमाण्डौ नगद रु. १०००।–
४.श्री शम्भु हरि निरांैला कपन, नगद रु. ५००।–
५. श्री डिल्ली वहादुर राई, वानेश्वर, नगद रु. ५००।–
६. श्री माहात्मा राई सुकेधारा नगद रु. १०००।–
७. श्री मान् वहादुर राई नगद रु. २०००।–
८. श्री शोभा राई नगद रु. ११००।–
९. श्रीमती संगिता राई नगद रु. ५००।–
१०. श्री गिरि वहादुर कोईराला रु. ५००।–
जम्मा रु १०१०० प्रदान गरियो
६. मिति २०७३ साल आश्विन १४ गतेको निर्णयले कार्तिक १५ गते सुकेधार स्थित एशियन पार्टी प्यालेश मा खेल्ने निणय सहित संगिता राईको संयोजकत्वमा देउसि भैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय ग¥यो साथै सोही संयोजनमा कार्यक्रम सम्पन्न गरियो । विदेशमा रहनुहुने श्री ओ. जि. रुम्जाटार निवासी श्री कमल प्रधान कुईभीर ३ निवासी हाल जापानमा रहनुहुने श्री नवाप राई समेतले र सभासद रामहरी खतिवडा समेतको सहभागिता तथा सहयोग प्रदान गरियो जम्मा रु. ९६२५२ रकम अम्दानी ग¥यो खाजा तथा व्यवस्थापन खर्च रु. २०८२०।– कुल आम्दामी ७५४३२ ।– गरिएको जानकारी गराउन चाहन्छु ।
७. मिति २०७३ साल आश्विन १४ गतेको निर्णयले देव वहादुर कोईरालाको वुहारी श्री ईन्द्र बहादुर कोईरालाकी श्रीमती सिता देवी कोईरालालाई संस्थाको मातहतमा सञ्चालित वीर वहादुर मिना अधिकारी अक्षयकोषको तर्फवाट नगद रु. ५०००।– उपचारार्थ सहायोग प्रदान गरिएको जानकारी गराउन चाहन्छु ।
८. मिति २०७३ साल मंसिर ४ गतेका दिनको वैठकले कुईभीरमा संचालित लाईट स्टार यूवा क्लव कुईभीर ओखलढुंगा मा स्वास्थ्य सिविर सहयोग निम्नानुसार गरिएको जानकारी गराउन चाहन्छु ।
१. कुईभीर सेवा समाजको संस्थागत तर्फवाट नगद रु. २०,०००।–
२. वीर वहादुर मिना अधिकारी सामाजिक अक्षयकोष वाट नगद रु. २०,०००।–
३. विद्या राई स्मृती अक्षयकोष को तर्फ वाट नगद रु. १०,०००।–
जम्मा रु ५०,०००।–
९. मिति २०७३ साल मंसिर २५ गतेको निर्णयले कुईभिर गा. वि. स. वडा नं. ३ निवासी गंगामायाँ वाँस्तोलालाई उपचार सहयोग संस्थाको मातहतमा संञ्चालित वीर वहादुर मिना अधिकारी अक्षयकोषको तर्फवाट नगद रु. १५००० ।– प्रदान गरिएको जानकारी गराउन चाहन्छु ।
१०. मिति २०७३ साल माध १ गतेको निर्णयले कुईभिर गा. वि. स. वडा नं. ४ निवासी श्री चेत वहादुर अधिकारीको छोरी वर्ष ३४ कि रिता अधिकारीलाई स्तन क्यान्सर भएकोले वाँहालाई उपचार सहयोग संस्थाको मातहतमा संञ्चालित वीर वहादुर मिना अधिकारी अक्षयकोषको तर्फवाट नगद रु. १५००० ।– प्रदान गरिएको जानकारी गराउन चाहन्छु ।
११. मिति २०७३ साल फाल्गुण ७ गतेको निर्णयले २०७३ साल चैत्र २६ गते साधारण सभाको मिति, स्थान एशियन पार्टी प्यालेस सुकेधारामा तय गरिएको जानकारी गराउन चाहन्छु ।
१२. मिति २०७३ साल चैत्र ८ गतेको निर्णयले दशौ वार्षिक साधारणसभाको निर्वाचन समिति तपशिल वमोजिम तय गरिएको जानकारी गराउन चाहन्छु ।
तपशिल
१. अध्यक्ष ः श्री शारदाराज निरौला
२. सदस्य ः श्री शुभाष चन्द्र राई
३. सदस्य ः श्री कुमारी फुयाँल (वाँस्तोला )
१३. मिति २०७३ साल चैत्र २३ गतेको दिन देउसि भैलो कार्यक्रममा नृत्य तथा गायन प्रस्तुत गर्नु हुने कलाकारलाई प्रोत्साहन तथा मायाँ स्वरुप रु ५००।– प्रदान गरिएको जानकारी गराउन चाहन्छु ।
१४. मिति २०७३ साल चैत्र २६ गते श्री सम्भुहरी निरौलाको सभापतित्व तथा निर्वाचन कमिटि माननिय सभासद श्री यज्ञराज सुनुवार तथा माननिय सभासद श्री रामहरी खतिवडा समेतको उपस्थितिमा यस कुईभीर सेवा समाजको दशौ साधारण सभा सुकेधारा स्थित एशियन पार्टिप्यालेसमा सम्पन्न गरियो, जसमा तपशिल वमोजिमको संरक्षक तथा सहसचिव सहितको कार्यसमिति, रहने एतिहासिक निर्णय गरिएको जानकारी गराउन चाहन्छु ।
तपशिल
क्र.स संरक्षकहरु
१ श्री वीर वहादुर अधिकारी
२ श्री मिना अधिकारी
३ श्री मान् वहादुर राई
४ श्री ओम भक्त राई

कार्यसमिति
क्र.स नाम कर्यसमिति
१ श्री गजेन्द्र फुयाँल अध्यक्ष
२ श्री डिल्ली राई उपाध्यक्ष
३ श्री तेज प्रसाद निरौला सचिव
४ श्रीमती संगिता राई सह–सचिव
५ श्रीमती प्यारी कुमारी शर्मा कोषध्यक्ष
६ श्री कुन्ता निरौला सदस्य
७ श्री टंक राई सदस्य
८ श्री रणवहादुर (विशाल) के.सी सदस्य
९ श्री अन्जु निरौला सदस्य
१० श्री कुमार वि.क सदस्य
११ श्री रोजिना भण्डारी के. सि. सदस्य

मिति २०७४ साल जेष्ठ ६ गतेको दिन कार्यसमितिको वैठक ले कार्यालयको लागि संस्थाको विशिष्ट सदस्य श्री मान वहादुर राईज्यूले निशुल्क संस्थाको कार्यालय राख्न दिनुभएकोमा वाँहालाई विशेष धन्यवाद, तथा संस्थाको तर्फवाट आभार प्रकट गरियो साथै संस्थाको नयाँ कार्यसमिति सवैलाई उपयूक्त हुने गरी संस्थाका विशिष्ट सदस्य, तथा सल्लाहाकार श्री प्रकाशमणि निरौला, तथा कार्यसमिति सदस्य श्रीमती अन्जु निरौलज्यूले संस्थाको कार्यालय सञ्चालनका लागि निशुल्क रुपमा घर कोठा उपलव्ध गराई दिनुभएकोहुनाले वाँहाहरुलाई कार्यसमिति तथा कुईभीर सेवा समाजको तर्फवाट आभार प्रकट गरी हाल संस्थाको कार्यालय सोही स्थानमा स्थानान्तरण गरी सञ्चालन भैईरहेको जानकारी गराईन्छ ।
मिति २०७४ साल जेष्ठ ६ गतेको दिन कार्यसमितिको वैठक वस्यो तथा ८० वर्ष पुरा हुनुभएकी प्रविसरा राई, प्रेम वहादुर अधिकारीलाई सम्मान गरिएको जानकारी गराउन चाहन्छु ।
मिति २०७४ साल जेष्ठ १३ गतेको दिन कार्यसमितिको वैठकले गोविन्द राईको असमाहिक निधनको शोक प्रताव पारीत, शुशिला वास्तोलालाई ७०००। हजार सहयोग, तथा छुटेका कलाकार लाई जनही रु ५०० सम्मान गर्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छु ।
मिति २०७४ साल जेष्ठ २६ गतेको दिन कार्यसमितिको वैठकले तपशिल वमोजिमको सल्लाहाकार तथा लेखा समितिसाथै प्रचार प्रसार उपसमिति, सास्कृतिक उपसमिति गठन गरिएको जानकारी गराउन चाहन्छु ।
तपशिल सल्लाहाकार
क्र.स नाम सल्लाहकारहरु
१ श्री केशव राई सल्लाहकार
२ श्रीसूर्य वहादुर अधिकारी सल्लाहकार
३ श्री पृथ्वीराज निरौला सल्लाहकार
४ श्री शरदाराज निरौला सल्लाहकार
५ श्री दिपक राई सल्लाहकार
६ श्री शम्भुहरी निरौला सल्लाहकार
७ श्री ढक वहादुर अधिकारी सल्लाहकार
८ श्री डिल्ली वास्तोला सल्लाहकार
९ श्री प्रकाशमणि निरौला सल्लाहकार
१० श्री डा. लेखनाथ ढकाल सल्लाहकार
११ श्री राज अधिकारी सल्लाहकार

लेखा समिति
क्र.स नाम
१ श्री प्यारी कुमारी शर्मा संयोजक
२ श्री रोजिना भण्डारी सदस्य
३ श्री शुरेस निरौला सदस्य

प््राचार प्रसार उपसमिति
क्र.स नाम
१ श्री अन्जु निरौला संयोजक
२ श्री कुमार वि. क सदस्य
३ सदस्य

सास्कृतिक उपसमिति
क्र.स नाम
१ श्री संगिता राई संयोजक
२ श्री तारा निरौला सदस्य
३ श्री प्रवेश राई सदस्य

बिधान संशोधन उपसमिति
क्र.स नाम
१ श्री डिल्ली वहादुर राई संयोजक
२ श्री तेज प्रसाद निरौला सदस्य सचिव
३ श्री पृथ्वी राज निरौला सदस्य
४ श्री ढक वहादुर अधिरी सदस्य
५ श्री वन्दी राई

मिति २०७४ साल जेष्ठ २६ गतेको दिन कार्यसमितिको वैठकले महिनाको अन्तिम शनिवार कार्यलयमा वस्ने निर्णय गरियो साथै स्मारीका वितरण तथा सम्पुर्ण कार्य नयाँ कार्यसमितिले गरिएको जानकारी गराउन चाहन्छु ।
मिति २०७४ साल असार ३१ गतेको दिन कार्यसमितिको वैठकले स्थानिय निकायको निर्वाचन प्रत्यासिलाई शुभकामना सन्देश पठाउने निर्णय गरियो साथै पुव कोषध्यक्ष गिरीराज कोईरालावाट वरवुजाराथ सहित कोषको सम्पुर्ण जिम्मा कोषध्यक्ष प्यारी कुमारी शर्मा लाई हस्तान्तरण गरिएको जानकारी गराउन चाहन्छु ।

                                          प्रस्तोता 
                                        तेज प्रसाद निरौला 
                                           सचिव

२०७५ भाद्र गतेका दिन एशियन पार्टि प्यालेस सुकेधारा

(जय मात्री भुभि, जय समाज सेवा )

Translate »
Kuibhir Sewa Samaj